३ कार्तिक २०८३, मंगलबार

कोरोना संक्रमण : आईपिएल स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत ।   विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर इन्डियन प्रिमियर लिग आईपीएलमा समेत परेको छ ।

मार्च २९ तारिखदेखि सुरु हुने तालिका रहेको १३औँ आईपीएल स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआई ले शुक्रबार प्रतियोगिता तत्कालका लागि स्थगित गर्नै निर्णय गरेको हो । बीसीसीआईका अनुसार आगामी अप्रिल १५ तारिखसम्मका लागि प्रतियोगिता स्थगित गरिएको हो।

कोरोना भाइरसको सन्त्रासका कारण विश्वभर थुप्रै प्रतियोगिता यसअघि नै स्थगित भइसकेका छन्। विश्वभर बास्केटबल, फुटबललगायत थुप्रै खेलका खेलाडीहरू पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।