१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : इटलीमा एकै दिन २५० जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत ।   चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको यो भाइरस अहिले चीनमा साम्य हुँदै गएको छ भने अन्य देशमा महामारीको रुपमा फैलिरहेको छ । अहिले चीन पछि कोरोनाबाट अति प्रभावित देशमा इटाली रहेको छ ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

भाइरस अहिलेसम्म विश्वका १ सय २३ वटा देशमा फैलिएको छ ।