४ कार्तिक २०८३, बुधबार

शशांकको चिठ्ठी देउवालाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका कार्यबाहक सभापतिलाई हटाउने निर्णय फिर्ता लिन आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।

सभापति देउवासँग उक्त विषयमा भेटेरै कुरा गर्ने भने पनि समय नपाएपछि महामन्त्री कोइरालाले शुक्रबार साँझ देउवालाई पत्र लेख्दै जिल्ला नेता विष्णुप्रसाद पौडेललाई विधानको धारा २५ (७) अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्ला सभापतिको अधिकार प्रदान गरिनु विधानको प्रतिकूल रहेको उल्लेख गरेका छन्।

राजनीतिक रूपमा पनि यो कार्यले गम्भीर सांगठनिक विवाद सिर्जना गरेको भन्दै महामन्त्री कोइरालाले लेखेका छन्, ‘नवलपरासी जिल्ला विभाजनपश्चात् नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रिक्त रहेको सभापति पदमा नेपाली कांग्रेसको विधानको धारा ५० को उपधारा (८) बमोजिम साविक नवलपरासी जिल्ला कार्यसमितिका उपसभापति अर्जुन पोख्रेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो।’

कार्यबाहक सभापति हुन विधानको धारा १२ (५) (क) (१) बमोजिम १० वर्ष क्रियाशील सदस्य रहेको महाधिवेशन प्रतिनिधि भन्ने व्यवस्था आकर्षित हुँदैन। यो व्यवस्था सभापतिको उम्मेदवार हुनका लागि मात्रै भएको भन्दै उनले लेखेका छन्, ‘धारा ५० (८) ले सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति नै तोकिएमा सभापतिका लागि अलग्गै निर्वाचन गर्नुपर्ने छैन भन्ने व्यवस्था गरेको छ।’

कार्यबाहक सभापतिले नयाँ अधिवेशन गर्न सक्ने वा पाउने अवस्था देखिएन र विधानबमोजिम कार्यबाहक सभापति हुँदाहुँदै नयाँ सभापति तोक्ने कुनै वैधानिक बाटो नभएको भन्दै महामन्त्री कोइरालाले भनेका छन्, ‘तपाईद्वारा प्रेषित परिमार्जित पत्रमा उल्लेख भएको विधानको धारा २५ (७) जिल्ला नेतृत्व छनोटका सन्दर्भमा आकर्षित हुने देखिँदैन। यो धाराको व्यवस्था संगठनका निकाय गठनका सम्बन्धमा व्यवस्था गरिएको होइन।’ नागरिक दैनिकले खबर छापेकाे छ ।