
काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आजै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनी दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओलीकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाको मिर्गाैला यही फागुन २१ गते ओलीको शरीरमा प्रत्यारोपण गरिएको थियो ।
त्यसयता ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले नियमित प्रेस विज्ञप्तिमार्फत जानकारी गराइरहेको थियो । समीक्षाको भने २८ फागुनमै डिस्चार्ज भइसकेको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रम ओलीलाई आज डिस्चार्ज गर्न लागिएको बताएका हुन् ।















प्रतिक्रिया