२ कार्तिक २०८३, सोमबार

कारोनाविरुद्ध सार्क राष्ट्रसँग सहकार्य गर्न तयार छाैँ : प्रधानमन्त्री ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको सार्क सदस्य राष्ट्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै ओलीले शुक्रबार ट्वीटरमार्फत ओलीले सहकार्यका लागि तयार रहेको जनाएका हुन् ।

शुक्रबार नै भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वानप्रति नेपालले समर्थन जनाएको हो ।

त्यस्तै, मोदीको प्रस्तावमा माल्दिभ्स, श्रीलंकाले पनि समर्थन जनाइसकेका छन् ।

हाल नेपाल अध्यक्ष राष्ट्र रहेको सार्क राष्ट्रमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् ।