२ कार्तिक २०८३, सोमबार

सुरक्षा संयन्त्रमा बाल संरक्षण तथा विद्यालय शान्ति क्षेत्र प्रवर्द्धन विषयक छलफल सम्पन्न

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३० फागुन । बालवालिकाको संरक्षणको क्षेत्रमा कार्यरत राष्ट्रिय वाल संरक्षण संञ्जालको आयोजनामा विश्व शिक्षा र यूनिसेफको सहयोगमा बाल संरक्षण तथा विद्मालय शान्ति क्षेत्र प्रवर्द्धन कार्यशाला आज काठमाडौँमा सम्पन्न भयो ।

संञ्जालका अध्यक्ष ऋतु भट्ट राईको अध्यक्षता, उपाध्यक्ष भिम बहादुर गुरुङको स्वागतवाट सुरुवात भएको कार्यक्रम, प्रकाश खतिवडाले संचालन गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगको पुर्व आयुक्त शुशिल प्याकुरेल, मानव अधिकार आयोगको उपनिदेर्शक मञ्जु खतिवडा, राष्ट्रिय बालअधिकार परिषद्का कृष्ण भुषाल, बालमैत्री स्थानीय शाशन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेल, विश्व शिक्षाकी ज्योती राना सहित नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना, गृह मन्त्रालय, शिक्षा मन्त्रालय र लोक सेवा आयोगका अधिकारीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सुरक्षा संयन्त्रमा बाल संरक्षण तथा विद्यालय शान्ति क्षेत्र र सुरक्षा संयन्त्र, नेपालका निती, कानुन तथा सुरक्षा निकायको जिम्मेवारी, विश्वभरी तथा नेपालमा बालवालिको अवस्थाको सन्दर्भमा बालअधिकार अभियन्ता तथा विज्ञ मिलन धरेलले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा, बालमैत्री स्थानीय शाशन राष्ट्रिय मञ्च तथा बालिका अधिकारका लागी राष्ट्रिय संञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले बाल संरक्षणको सन्दर्भमा सुरक्षा संयन्त्र संवेदनशील हुनुपर्ने, बालबालिका शान्ति क्षेत्रको अवधारणामा सबैले योगदान पुर्याउनु पर्ने, सुरक्षा संयन्त्रलाई क्षमता अभिवृद्धि गर्नुपर्ने जस्ता कुराहरुमा जोड दिनुभएको थियो ।मानव अधिकार आयोगको उपनिर्देशक मञ्जु खतिवडाले मानवअधिकार आयोगले गरेका सिफारिस कार्यन्वयनमा हुनुपर्ने कुराहरुमा जोड दिदै सुरक्षा संयन्त्र थप संवेदनशील हुनुपर्ने कुरामा जोड दिएका थिए ।

छलफलकै क्रममा, शिक्षा मन्त्रालयका उपसचिव, युवराज पौडेलले बालमैत्री विद्मालय र वाल संरक्षणमा मन्त्रालयले ध्यान पुर्याएको र बाल संरक्षणको विषयमा अझ संवेदनशील रहेको बताउँदै, परिवारले बालबालिकालाई समय दिनुपर्ने, बाल क्लबहरु मार्फत सशक्तिकरण गर्ने तथा बाल संवेदनशीलतामा आधारित सुरक्षा संयन्त्र हुनुपर्ने बताए ।

त्यसै क्रममा, शिक्षा मन्त्रालयका शलिकराम भुषाल, पाठ्यक्रम विकास केन्द्रका डां. तुलसी थपलिया, लोकसेवा आयोगका नारायण प्रसाद ज्ञवाली साथै विश्व शिक्षाकी ज्योती रानाले सुरक्षा संयन्त्रमा लोकसेवा आयोगका परीक्षामा बाल संरक्षण सम्बन्धी प्रश्नहरु लाई राख्न अनुरोध गरेका थिए ।

यूनिसेफका, राजन वुर्लाकोटीले नितीगत कार्यन्वयनमा जोड दिन सके बाल संरक्षण सुनिश्चित हुने बताए । त्यसै गरी, मानव अधिकार आयोगका पुर्व सदस्य शुशिल प्याकुरेलले सुरक्षा संयन्त्रमा मानवअधिकार सम्बन्धी मापदण्ड र बालअधिकार, विगतका अनुभव तथा सिकाई साथै सुरक्षा संयन्त्रमा बालअधिकार, सुरक्षित विद्मालयको पहलको विषयमा स्पष्ट पारेका थिए ।

प्याकुरेलले, बालबालिकाका अभिभावक भनेको राज्य हो र राज्यको सुरक्षा दिने निकाय भनेको सुरक्षा संयन्त्र भएकोले थप संवेदनशील हुनुपर्ने बताएका थिए ।

त्यसै गरी, एस.एस.पी मुकुन्दराज आचार्यले, नेपाल प्रहरीले प्रहरी संरचनाभित्र, बालअधिकार र बाल संरक्षणको विषयमा सचेत रहेको बताउदै थप सुधार गर्न सबैजना लाग्नुपर्ने बताएका थिए ।

नेपाली सेनाको सेनानी, सम्झना श्रेष्ठले राष्ट्र प्रति बफादार हुँदै बालबालिकाको संरक्षणमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

सशस्त्र प्रहरी बलका, प्रेमराज पोख्रेलले आफ्नो गतिविधिहरु विद्यालय नजिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै, तालिमहरु गर्दा पनि विद्यालय र समुदायबाट टाढा गर्ने, बालबालिका सम्बन्धि ऐन २०७५, लाई कार्यन्वयनमा सघाउ पु¥याउने बताए ।

अन्त्यमा, विश्व शिक्षाको नेपालकी प्रतिनिधि, हेलेन शेर्पाले बाल सुरक्षाको विषयमा, सबैको ध्यान जान जरुरी छ भन्दै त्यसका लागी, घरपरिवार, समुदाय, संघसंस्था, राज्य, विद्यालय सबै मिलेर संरक्षणमा लाग्न अनुरोध गर्नु भएको थियो ।

साथै, ऋतु भट्ट राईले सहजीकरण गर्नुभएको छलफलमा उठेका कुराहरुलाई कार्यन्वयनका निम्ती सम्बन्धित निकायमा पठाउने कुरा बताउँदै समापन गरेका थिए ।