३ कार्तिक २०८३, मंगलबार

गोकर्ण विष्ट भन्छन्–‘विकास र एमालेप्रतिको जनलहरलाई सदैव कदर गर्नेछु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gokrana-bistaगुल्मी, २४ फागुन । नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सभासद् गोकर्ण विष्टले विकास र एमालेप्रतिको जनलहर सँगसँगै अघि बढेकाले यो जनमतलाई सदैव कदर गर्ने बताउनुभएको छ ।

क्षेत्र नं ३ को तेस्रो क्षेत्रीय अविधेशनमा सचिव विष्टले गुल्मी क्षेत्र नं ३ का २८ वटै गाविस जित्ने गरी जुझारु कमिटी गठन हुनुपर्ने धारणा राख्नु भयो ।

यसैगरी गुल्मी जैसीथोक गाविसको पञ्चायन उमाविमा सम्पन्न तेस्रो अधिवेशनले नरेश भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । उपाध्यक्षमा जगत खत्री, सचिवमा कृष्ण विक, उपसचिवमा ढालबहादुर केसीलगायत ५३ सदस्य रहेको क्षेत्रीय कमिटी गठन भएको छ ।

अधिवेशनले एमाले क्षेत्रीय कमिटीको आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पनि पारित गरेको छ । रासस