१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस : १ सय २५ देशमा पुग्यो, ४ हजार ७ सय ४९ को मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन ।  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबारसम्म १ सय २५ देशमा पुगेको छ ।

भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १ सय ५८ जनामा संक्रमण भएको छ । तीमध्ये चार हजार ७ सय ४९ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ६८ हजार ६ सय ५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६ सय ५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ ।

तर पाँच हजार ७ सय ११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत संक्रमितको अवस्था भने गम्भीर रहेको छ ।