बाबुराम नै किन ? भारतको आँखामा अरू नेता किन भएनन ? भारत साह्रै चतुर छ । बिगतमा उसले माथिका “क” देखि “ङ” सम्मैकालाई प्रयोग पर्यो । को कति पानीमा छ, सबैलाई राम्रै चिन्छ । कोबाट के कति काम लिन सकिन्छ, थाहा पाएको छ । को चम्चा हो र को कवाफमा हड्डी बन्छ त्यो पनि थाहा पाएको छ । एमाओवादीका कुन नेतालाई हात लिंदा आफ्नो हकमा सहजता आउला भारतले स्वाभाविक ढंगमा छान्ने नै भयो । यसरी बाबुराम छानिए ।
– ड़ा. कविताराम श्रेष्ठ
छोटोमा भन्नुहोस, तपाईलाई एउटा कुनै गाउँमा आफ्नो सोचअनुसारको कार्यक्रम गर्न पर्यो भने त्यस गाउँबाट कस्तो मान्छेको साथ खोज्नुहुन्छ ?
(क) गफाडी
(ख) शोषक/फटाहा
(ग) गुण्डा/आतंककारी
(घ) अल्छे/निष्कृय
(ङ) सक्रिय
अवश्यनै गफाडी वा शोषक/फटाहा वा गुण्डा/आतंककारी वा अल्छे/निष्कृय साथी छान्नुहुन्न । जनसहभागिता साथ परिवर्तन ल्याउनु पर्ने छ, त्यसकारण ज्ञानगुन र सकारात्मक सोच भएका गतिशील सक्रिय साथीकै तपाइंको खोज हुन्छ । हो, सबैको सोच तपाईंकै जस्तो हुन्छ । सबैले खोज्ने त्यस्तैलाई हो, बिबाद सुल्झाउन प्रतिपक्षले पनि त्यस्तैलाई खोज्दछन तथा बिदेशी समुदाय समेतले आफ्ना सोच बिचार वा चाखलाई हावी गराउन त्यस्तैलाई पुछ्ने हो ।
प्रश्न उठ्यो किन बाबुराम भारत गए ? ३० दलिय मोर्चाले शक्ति पर्दर्शन गरेको मूलमञ्चबाटै उनी बीचमा उठेर गए । किन ? के छ राज ?
राजनीति बुझ्नेहरूले यहींनेर जनतालाई दिक्भ्रमित गर्दै बाबुरामको यो भ्रमणलाई भारतको चाकरी गर्ने एकतर्फी सनकको रूपमा अर्थ्याइदिए । तर जोकोही सामान्यजनले सोच्न सक्छ उनको यो भ्रमण नेपालको संबिधानकै विवादित तथा नेपालमा टुंगो लाग्न नसकेको विषयवस्तुलाई टुङ्गोमापुर्याउन भा’को हो र एकतर्फी सनकमा भा’को होइन । अझ जुन हिसाबका कर्यक्रमहरू उनी दिल्ली पुग्दा भए उनले स्पष्ट गर्छ कि यो भमण भारतकै डिजाइन अन्तर्गत पूर्वनिर्धारित हो, अपर्झटको होइन । यसले ३० दलिय मोर्चाको शक्ति प्रदर्शनमा बाबुरामको अनुहार देखिनपर्ने आवश्यकतालाई मात्र पर्खेको थियो ।
त प्रश्न उठ्छ बाबुराम नै किन ? भारतको आँखामा अरू नेता किन भएनन ? देशमा फाइंफुट्टी भएका ज्ञानेन्द्र, कमल थापा, चित्रबहादुर केसी, सिपी मैनाली, शेरबहादुर, सुशील कोइराला, ओली, माधव नेपाल, प्रचण्ड, बाबुराम, मोहन बिक्रम सिंह, गच्छेदार, सूर्यबहादुर थापा आदि छन् । किन अरू परेनन् ? र बाबुराम परे ?
भारत साह्रै चतुर छ । बिगतमा उसले माथिका “क” देखि “ङ” सम्मैकालाई प्रयोग पर्यो । को कति पानीमा छ, सबैलाई राम्रै चिन्छ । कोबाट के कति काम लिन सकिन्छ, थाहा पाएको छ । को चम्चा हो र को कवाफमा हड्डी बन्छ त्यो पनि थाहा पाएको छ । त्यही अनुसार उसले सदा रणनीति बनाउँदै आएको छ र अहिले पनि त्यही अनुसार बनायो । आफ्नो चम्चा त आफ्नै हातमा छँदैछ । जो कवाफमा हड्डी बन्ने सम्भावना हुन्छ त्यसलाई आफ्नो हकमा साम, दाङ, दण्ड, भेदको नीतिबाट जसरी होस् निराकरण गर्न पर्यो नै । एमाओवादी अझै शक्तिमा छ भन्ने उसले बुझेको छ । यो क्रियाशील छ अग्रगामी छ र गफाडी छैन भन्ने उसले बुझेको छ । त्यसैले यसका कुन नेतालाई हात लिंदा आफ्नो हकमा सहजता आउला भारतले स्वाभाविक ढंगमा छान्ने नै भयो । यसरी बाबुराम छानिए ।

दुखको कुरो, हामी भारतको अगाडि हरकुराले निरीह छौं । भारतसँग युद्ध गर्न सक्दैनौं । पउँठाजोरीसम्म पनि गर्न सक्दैनौं । मैले यसरी निरिह बनेर लेखिरहँदा भारतको अगाडि आत्मसमर्पण गरेको अर्थ लगाई रहनु भएको छ कि ? तपाईंको राष्ट्रबादितामा चोट पो पुग्यो कि ? तर मैले त सच्च्चाईमात्र देखाएको हो । आत्मसमर्पण गरेको होइन । अवास्तविक, असंगत अदर्शता छाँटेर मात्र देशको भलो हुनेवाला छँदैछैन । हामीले त्यस्तो धेरै गर्यौंतर हात केही लागेन । सदा नोक्सानी नै नोक्सान । हामी यस्तैमा भुलिरहेको हुन्छौं उता उसले अघि नै के-के ज्यादती गरिसकेको हुन्छ । ऊसँग वार्ताहीन बसेर हामीले धर पाउँदै पाउँदैनौं । उसको पेलान कम हुने स्थिति छँदैछैन । यसैकारणले भारतसँग पञ्चशीलको आधारमा डटेर कुरा गर्नै पर्छ र पर्थ्यो । उसले बोलाएर कुरा गर्छ भने त झन् सक्रिय सहभगिता जनाउनैपर्छ ।
यस निरीह अवस्थामा हाम्रो लागि गनिमत यही छ जसलाई भारतले उपयोग गर्दछ वा गर्यो कमसेकम उसले भारतसँग भिडेरै नेपालको हीतमा कामगरोस वा गरेको होस् । अरू बाटो छैन ।
बाबुराम अब नेपाल फर्की सकेको अवस्था छ । आशा गरौँ, बाबुरामले डटेरै कुरा गरेर आए ।
उपरान्त यहाँहरूकै सोच ?

















प्रतिक्रिया