२ कार्तिक २०८३, सोमबार

बास्कोटाको घरमा विस्फोट गराउनेलाई कारवाहीको माग

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २९ फागनु । सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको घरमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको प्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटी, काठमाडौँले एक विज्ञप्ति जारी गर्दै बास्कोटाको लोकन्थली, भक्तपुर स्थित नीजि निवासमा भएको बम विस्फोटमा संलग्नको घोर विरोध एवं भत्र्सना गर्दै कडा कारवाहीको समेत माग गरेको छ ।

विज्ञप्तिमा घटनामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष नारायण प्रसाद दाहालले जनाएका छन् ।

बास्कोटाको घरमा हिजो विहान ८ बजे बम विस्फोट गराइएको थियो । विस्फोटले छिमेकीको घरको सीसा फुटेको र विद्युत अवरोध भएको थियो भने त्यहाँ पार्किङ गरिएको गाडीमा क्षति पुगेको थियो ।