
काठमाडौँ, २९ फागुन । नेपालमा कोरोना संक्रमणको आशंकामा ४५० जनाको स्वास्थ्य जाँच भएको र ६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनद्धारा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले सो जानकारी दिँदै कोरोना बिरामी नलुकाएको जनाएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार टेकुमा ४ र पाटन अस्पतालमा २ जनालाई आइसोलेसनमा राखिएको हो ।
नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको प्रवक्ता देवकोटाले जनाएका छन् । त्यस्तै, काठमाडौँमा १५५ वटा आइसोलेसन केन्द्रहरु तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया