
काठमाडौं, २९ फागुन । बिहिबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार ८ सय रुपैयाँले घटेर तोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो।
यस्तै तेजाबी सुन ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबारको तुलानामा चाँदी २० रुपैयाँले कम हो।















प्रतिक्रिया