४ कार्तिक २०८३, बुधबार

बलात्कारको मुद्दामा फिल्म निर्माता दोषी ठहर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हलिउड । बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिवुड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको छ।

न्यू योर्कको एक अदालतले कुनै समयमा हलिवुडका सबैभन्दा शक्तिशाली व्यक्ति रहेका वाइन्स्टिनलाई २३ वर्षको कैद सजाय सुनाएको हो ।

गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए। अदालतको पछिल्लो फैसलालाई ‘मीटू’ अभियानका सदस्यहरूले स्वागत गरेका छन्।

६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । उमेर र चलचित्र उद्योगमा उनको योगदानको कदर गर्दै सजाय घटाउनु पर्ने माग वाइन्स्टिनका वकिलहरूको थियो ।

उनीहरूले पाँच वर्ष सजाय नै उनका लागि जन्मकैद सरह हुने तर्क गरेका थिए। तर अभियोजनकर्ताहरूले त्यसको विपक्षमा पैरवी गर्दै उनीविरुद्ध अधिकतम सजाय हुनुपर्ने माग गरेका थिए ।