३ कार्तिक २०८३, मंगलबार

जीम सेन्टर कोरोना भाइरस फैलाउने जोखिमयुक्त ठाउँ हुनुको कारण

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ । तपाइ जीम जानु हुन्छ ? उसो भए सतर्क रहनुस् । फिटनेस सेन्टरहरू कोरोना भाइरस फैल्याउन सक्ने उच्च जोखिमयुक्त ठाउँ रहेको डाक्टरहरूले बताएका छन् ।

डेली मेलकाअनुसार कोरोनाका लागि उच्च जोखिमयुक्त ठाउँ जीम सेन्टर पनि हो ।

एक चिकत्सकीय पत्रकार डा. नर्मन स्वान भन्छन्, जीम कोरोना भाइरसको प्रसारणका लागि पूर्ण ठाउँ हो किनकी तिनीहरू पसिनाले भरिएका हुन्छन् ।’

उनी जोड्छन्, कीटाणूहरू फैल्याउनको लागि ओसिलो वा चिस्यान क्षेत्र नराम्रो हो । यदि जीम सेन्टरमा कसैले ठूला ‘ब्लक’हरू ‘पम्प’ गर्दछ भने उसलाई थाहा नहुन सक्छ कि त्यो भाइरस फैल्याउने एक सुपर ‘स्प्रिडर’ हुन सक्छ ।

यसको अर्थ यो होइन कि तपाई जीम नजानुस् तर निकै सावधानी भने अपनाउनु पर्छ । जस्तै कि तपाइले त्यहाँका अभ्यासका सामाग्रीहरू प्रयोग अघि र पछि सफा गरेको निश्चित गनुपर्छ ।

जीम सेन्टरको सांकेतिक तस्बिर

एबरडीन विश्वविद्यालय, स्कटल्याण्डबाट मेडिसिनमा स्नातक गरेका डा. स्वान भन्छन्, ‘जीम जानेले हातको लागि सानिटाइजर प्रयोग गरेको पनि निश्चित गर्नु आवश्यक छ ।’

उनले मानिसहरूलाई स्टिम रुम (वाफिलो कोठा) बाट टाढा रहन पनि आग्रह गरे किनकी त्यस्तो कोठामा भाइरस मार्न पर्याप्त तापक्रम हुँदैन । उनी थप्छन्, ‘म आफू इमानदार हुनका लागि आद्र्रता भएको कोठामा जान सक्दिनँ । जसलाई रुघाखोकी लागेको लक्षणहरू छ उनीहरूले जीम जानु हुँदैन ।’

यद्यपि, मेडिसिनका प्राध्यापक तथा जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिनका संक्रमण रोगहरूको विभागका निर्देशक डा. डेभिड थोमस न्यूयोर्क टाइम्ससँग भन्छन्, ‘जीम जानेहरूभन्दा चर्च जानेहरू बढी जोखिममा हुन्छन् ।’

उनले अगाडि भनेका छन्,‘जीम सञ्चालकहरू प्रयोगकर्ताहरूबीचको छालासँगको सम्पर्क आउने अभ्यासलाई घटाइरहेका छन् । त्यस्तै उनीहरू प्रयोग हुने सामाग्रीहरूलाई कीटाणुमुक्त बनाउन पनि सचेत छन् । जबकी चर्चमा मानिसहरू निकट हुन्छन् र अक्सर हात मिलाउँछन् ।’

यो चेतावनीहरू कारोना भाइरसको संक्रमण विश्वभर तीव्र गतिमा बढेको कारणले आएको हो । अहिलेसम्म १०७ वटा देशहरू संक्रमित बनेका छन् भने ४ हजार बढीको मृत्यु भइसकेको छ । यसर्थ सबैलाई सचेतनाका लागि यस्ता चेतवनीहरू र सर्तक रहन अपील गरिएको छ ।

-एजेन्सीको सहयोगमा