
काठमाडौं, २८ फागुन । पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाको घरमा विस्फोट गराएको आशंकामा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सदस्य देव गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ ।
काठमाडौंको जडिबुटी क्षेत्रबाट महाशाखाबाट खटिएको टोलीले गुरुङलाई पक्राउ गरेको हो । घटनाको जिम्मा लिएको नेत्रविक्रम चन्द महासचिव रहेको नेकपाका जिल्ला सदस्य गुरुङको योजनामा बास्कोटाको घरमा विस्फोट गराईएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए ।
घटनाका विषयमा विवरण संकलनसहित संलग्नहरूको खोजीमा महाशाखा सक्रिय रहेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरले पनि घटनाको छुट्टै अनुसन्धान जारी राखेको बताइएको छ ।















प्रतिक्रिया