४ कार्तिक २०८३, बुधबार

‘प्रधानमन्त्रीलाई सामान्य हुन ६ महिना लाग्छ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य मान्छेजस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिन लाग्ने उनको उपचारमा संलग्न चिकित्सले बताएका छन् ।

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका ओलीका स्वास्थ्य सूचकांक सामान्य रहे पनि बाह्य संक्रमण हुन नदिन तत्काल डिस्चार्ज गर्न नहुने पनि चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दीव्या सिंह शाहले अपेक्षाकृत सुधार देखिए पनि तत्काल डिस्चार्ज गर्न नहुने बताइन् । उनले डाक्टरहरूलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने जानकारी दिइन् ।

‘अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौं, भोलि नै पर्सि नै भनेर मिति तोक्न सकिँदैन’, उनले भनिन् । उनका अनुसार अहिले नै डिस्चार्ज गर्न सकिने भए पनि घरमा समेत अस्पतालको जस्तै ख्याल गर्नुपर्ने भएकाले अस्पतालमै राखिनेछ ।

परिवार स्रोतले पनि घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राख्न आग्रह गरेको डा. शाहले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्नेछ । औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहे पनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यससम्बन्धी ज्ञान भएकाले संकट नआउने उनको भनाइ छ ।

डा. शाहले रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट प्रधानमन्त्रीलाई जोगाउनुपर्ने बताइन्। सामान्य मानिसजस्तै हुन प्रधानमन्त्रीलाई कम्तीमा ६ महिना लाग्ने उनले जानकारी दिइन् । नागरिक दैनिकले खबर छापेकाे छ ।