
कठमाडौं, २७ फागुन । इटालीमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएपछि इटाली सरकारले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन दिएको छ ।
सरकारले देशव्यापी रूपमा सार्वजनिक भेला, सभा समारोह गर्न प्रतिबन्ध लगाएको छ भने हिँडडुलमा पनि कडाइ गरेको छ ।
इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ।
इटलीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्। आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।















प्रतिक्रिया