३० आश्विन २०८३, शुक्रबार

संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Election_Commission

काठमाडौं। संविधानसभाको उपनिर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुँदैछ ।

संविधानसभा निर्वाचनमा दुई ठाउँमा विजयी सभासदहरुले छाडेपछि असार ८ गते ४ ठाउँमा उप निर्वाचन हुँदैछ ।

आज दलहरुले उम्मेदवारी दर्ता गर्ने तयारी छ । सबै ठाउँमा प्रमुख तीनदलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दलहरुले यसअघि नै उम्मेदवार तय गरिसकेका छन् । आज बिहान १० बजेदेखि पाँच बजेसम्म उम्मेदवार दर्ताको समय दिइएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा दुई दुई स्थानबाट विजयी उम्मेदवारले छाडेका काठमाडौं २, चितवन ४ , बर्दिया १ र कैलाली ६ मा उपनिर्वाचन हुने भएको छ ।