
आबु दाबी, २६ फागुन । युनाइटेड अरब इमिरेट्स (युएई)मा दुईजना नेपालीसहित १४ जनामा थप नयाँ कोरोना भाइरसकाे संक्रमित भएको गल्फ टुडेले जनाएको छ ।
यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार हालसम्म युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
यूएईको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार चार इमिरेटिस्, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक एक रुसी, भारतीय र सिरियाली नागरिकमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
उनीहरुलाई यसअघि कोरोना संक्रमित व्यक्तिबाट सरेको बताइएको छ । –एजेन्सी















प्रतिक्रिया