१ कार्तिक २०८३, आइतबार

प्रहरीद्धारा विप्लवका बारा जिल्ला इन्चार्ज पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । प्रहरीले नेन्द्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज पक्राउ गरेको छ । प्रहरीले बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका नकडोलीबाट पल्सर बाइकसहित ६ थान मोबाइल तथा विप्लव समूह सम्बन्धित पर्चा र पम्प्लेट प्रहरीले बरामद गरेको छ ।

उनलाई सिमरा र फत्तेपुरमा रहेको एनसेल टावरमाथि आगजनी गर्ने नेतृत्व गरेको आरोप लगाउँदै प्रहरीले मुद्धा दायर गरेको छ ।