१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बन्दै, खानपान र हिँडडुलमा निरन्तरता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २६ फागुन । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सोमबार विज्ञप्तिमार्फत ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।

उनले ओलीको नियमित खानपान, हिँडडुल र व्यापामलाई निरन्तरता दिइएको पनि जानकारी दिए । त्यस्तै अस्पतालले ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य रहेको जनाएको छ ।

गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको वुधबार सफल मिर्गौला प्रत्यारोपण भएको थियो ।

ओलीलाई मिर्गौला दिने संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।