१ कार्तिक २०८३, आइतबार

चितुवाको छालासहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २६ फागुन । प्रहरीले चितुवाको २ थान छालासहित एकजनालाई पक्राउ गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छाला २ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।

लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।