
बेइजिङ, २६ फागुन । चीनको आन्हुई प्रान्तमा कारोना संक्रमितहरुको विस्तार कम हुँदै गएको बताइएको छ ।
पूर्वी चीनको आन्हुई प्रान्तका ९ सय ९० संक्रमित भएकोमा ६ जनाको मृत्यु भएको थियो भने ९ सय ८४ जना निको भएका छन् । सोमबार आन्हुई प्रान्तीय सरकारले दिएको जानकारीअुनसार अब प्रदेशका अस्पतालमा कोभिड–१९ संक्रमित रहेका छैनन् ।
बिरामीहरु निको भएर घर फर्केपछि सुनसान अस्थायी अस्पतालका रुपमा तयार पारिएको वुहान लिभिङ रुम बन्द गर्ने तयारी गरिएको बताइएको छ ।
उक्त प्रदेशमाचिनियाँ अधिकारीका अनुसार आन्हुई प्रान्तमा संक्रमितमध्ये ९९.४ प्रतिशत निको भएका छन् । अहिले ४ सय ३२ जना चिकित्सकको निगरानीमा रहेका छन् । पछिल्लो १० दिनमा प्रदेशमा थप संक्रमण नदेखिएको पनि स्वास्थ्य आयोगले जनाएको छ ।















प्रतिक्रिया