
काठमाडाैं, २६ फागुन । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वभर सोमबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ३ हजार ६ सय पुगेको छ ।
यसबाट संक्रमितको संख्या १ लाख ५ हजार ८ सय नाघेको छ । कोरोनाको संक्रमण धेरै यशियामा देखिएको छ । सबैभन्दा पहिले कोविड–१९ को संक्रमण भएको चीनमा डिसेम्बरदेखि शनिबारसम्म ८० हजार ६९५ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ।
यो अवधिमा चीनमा ३ हजार ९७ जनाको मृत्यु भएको छ। पछिल्लो समय कोरोनाको संक्रमण चीनमा घट्दो क्रममा रहेको छ भने अन्य देशमा महामारीको रुपमा फैलिरहेको छ ।















प्रतिक्रिया