४ कार्तिक २०८३, बुधबार

आधिकारिक सूचना संयन्त्रको अभाव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नोवल कोरोना विषाणुलाई लिएर आमनागरिकमा सन्त्रास फैलिरहँदा यसबारे आधिकारिक जानकारी दिने एकद्वार पोर्टलको अभाव छ। विषाणु संक्रमणबारे भ्रमपूर्ण सूचना सार्वजनिक हुन थालेपछि जनसमुदायमा डर बढ्दो छ।

छिमेकी भारतले आफ्नो नेसनल हेल्थ पोर्टलमा कोरोनाबारे विभिन्न भाषामा जानकारी, निर्देशिका र ट्राभल एड्भाइजरीलगायत प्रशिक्षकहरूलाई सूचना दिने सामग्रीहरू राखेको छ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकद्वार सूचना प्रणालीको विकास गरेको हो। यसमा केन्द्रीय तथा राज्यस्तरमा स्थापना गरिएको हेल्पलाइनबारे समेत सूचना संलग्न गरिएको छ।

भारतमा हालसम्म ३९ जनालाई यो विषाणुको संक्रमण भएको छ भने तीमध्ये तीनजनालाई निको भइसकेको अमेरिकी जोन हपकिन्स विश्वविद्यालयले स्थापना गरेको कोरोना भाइरस ड्यासबोर्डले आइतबार जनाएको छ।

चीनको वुहानबाट गत डिसेम्बरबाट सुरु भएको कोरोना प्रकोप हाल विश्वको ९७ देशमा फैलिसकेको छ। यस विषाणुबाट एक लाख सात हजार संक्रमित भइसकेका छन् भने तीन हजार ६ सय ४६ जनाको ज्यान गइसकेको छ। ज्यान गुमाउनेमा तीन हजार ९७ जना चिनियाँ हुन्।

‘विषणुबारे जानकारी दिन एकद्वार सूचना सञ्जाल स्थापना गर्न अत्यन्त जरुरी छ,’ ह्याम्स अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘यसले सरकारको तदारुकता र विश्वसनीयता बढाउनेछ भने अध्यावधिक र आधिकारिक सूचना प्रवाहले आमजनमानसमा सकारात्मक मनोवैज्ञानिक असर पर्नेछ।’ नागरिक दैनिकले खबर छापेकाे छ ।