
नयाँ दिल्ली, २५ फागुन । पछिल्लो समय सत्तापक्ष तथा प्रतिपक्षका नेताहरुसँग भेटवार्तालाई तीव्र बनाएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल यतिबेला मित्र राष्ट्र भारतको भ्रमणमा छन् ।
भारतको सतारुढ दल भाजपा कांग्रेस आई लगायतका दलसँग राम्रो सम्बन्ध बनाएका पूर्वमन्त्री ढकालले भारतमा रहदाँ पनि उच्च तहको राजनीतिक भेट घाटमा व्यस्त रहेका छन् ।
शनिबार अध्यक्ष ढकालले भारतीय जनता पार्टीका राष्ट्रिय महामन्त्री राम माधवसँग भेट गरेका छन् । भेटमा नेपाल भारत सम्बन्धका विविध विषय तथा क्षेत्रीय साझेदारीको बारेमा छलफल भएको परिवार दलको भारत प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार भेटमा अध्यक्ष ढकालले मित्र राष्ट्र भारतसँग नेपालको सम्बन्ध अन्य कुनैपनि देश संग अतुलनिय रहेको बताउँदै नेपालको बिकासमा सहयोग गर्न आग्रह गरको बताए ।
प्रतिउत्तरमा भाजपाका महामन्त्री राम माधवले नेपाललाई सदा सर्बदा भारतको साथ सहयोग रहने बताएको भेटमा सहभागी परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जानकारी दिए । भेटमा भारतीय जनता पार्टीका नेता भुवनेश्वर कलिताको पनि सहभागिता रहेको थियो ।
यस्तै अध्यक्ष ढकालले दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवाललाई आईतबार भेटेका छन् । भेटमा आपसी हित र मित्रता विस्तारको बारेमा कुरा भएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए ।
अध्यक्ष ढकालले मुख्य मन्त्रीमा निर्वाचित भएकोमा बधाई दिँदै मुख्यमन्त्री केजरिवालले पहलकदमी लिएको विकास र सुशासनको नमुना सबैको लागि उत्प्रेरित रहेको बताए । ढकालले केजरीवालको अनुभव आदान प्रदान र मित्रताको लागि उपयुक्त समयमा नेपालको भ्रमण गर्न आग्रह गरे ।
प्रतिउत्तरमा नेता केजरीवालले नेपाल अत्यन्त घनिष्ट छिमेकी मित्रराष्ट्र भन्दै भ्रमणको इच्छा व्यक्त्त गरेका थिए । ढकाल भारतमा रहँदा भारतीय कांग्रेस आईका नेता भाजपाका नेता तथा भारत सरकारका उच्च पदाधिकारीलाई समेत भेटने कार्यक्रम रहेको दलका प्रवक्ता पौडेलले जानकारी दिए ।















प्रतिक्रिया