१ कार्तिक २०८३, आइतबार

भारतमा थप ५ जनासहित कोरोना संक्रमितको संख्या ३९ पुग्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

नयाँ दिल्ली, २५ फागुन । भारतको केरलामा थप ५ जनासहित कोरोना संक्रमितको संख्या त्यहाँ ३९ पुगेको त्यहाँकाे डीएनए इन्डीयाले जनाएकाे छ ।

केरलाका स्वास्थ्य मन्त्री केके साहीलाजाले केरलामा थप पाँच कोरोनाका नयाँ संक्रमित थपिएको पुष्टि गरेकी हुन् । थप संक्रमितलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।

संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले शनिबार भारतमा तीनजना कोरोनाका नयाँ संक्रमित भेटिएको बताएका थिए । शनिबार भेटिएका तीन कोरोना संक्रमितमध्ये दुई जना इरानबाट फर्किएका लद्दाखका रहेको र एकजना ओमानबाट फर्किएका तमिलनाडुका रहेको बताएका छन् ।

त्यसैगरी पञ्जाबमा पनि दुईजनालाई कोरोनाको संक्रमण भएको पाइएको हो । उनीहरु दुवैजना इटालीबाट फर्किएका थिए । दुवैजनालाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको छ ।

मार्चसम्ममा विभिन्न मुलुकबाट सात हजार १०८ फ्लाइटबाट फर्किएका सात लाख २६ हजार १२२ मानिसहरुको विमानस्थलमा कोरोना जाँच गरिएको थियो । मुलुकभर ५२ वटा अस्पतालमा कोरोनाको जाँच र उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेल कोरोना भाइरस अर्थात कोभिड १९ को समीक्षाका लागि मन्त्रीसँग छलफल गरेका थिए । –डीएनए इन्डिया