१ कार्तिक २०८३, आइतबार

‘मिसेस टप अफ दि वर्ल्ड नेपाल २०१९’ की विजेता एलिना सम्मानित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘मिसेस टप अफ दि वर्ल्ड नेपाल २०१९’ की विजेता एलिना शाक्य तुलाधर ‘राष्ट्रिय नारी सम्मान २०७६’बाट सम्मानित भएकी छन् ।

शान्ति र विकासको लागि नागरिक आवाज नामक संस्थाद्वारा ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई सो सम्मान दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल तथा पूर्वमन्त्री राधाकुमारी ज्ञवालीलगायतले उनलाई खादा, माला र सम्मान पत्रले प्रदान गरेका थिए ।

एलिनालाई सौदर्य प्रतियोगिताको माध्यमबाट देशको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा कलाकार, व्यवसायी, खेलाडी लगायत विभिन्न क्षेत्रका महिलासमेत सम्मानित भएका थिए ।

एलिना नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस टप अफ दि वल्र्ड’मा समेत सहभागी थिइन् ।