१ कार्तिक २०८३, आइतबार

श्रमिक महिला दिवसमा मानव सेवा आश्रमलाई दराज सहयोग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २५ फागुन । ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिववस (८ मार्च) को अवसरमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मानव सेवा आश्रम बागलुङलाई एक थान दराज उपलब्ध गराएको छ ।

घरबाट बाहिर रहेका नागरिकहरुको प्रभावकारी व्यवस्थापन गर्दै आएको मानव सेवा आश्रम बागलुङमा दराज आवश्यक रहेको जानकारी पछि महिला दिवसको अवसर पारेर दराज हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

दराज हस्तान्तरण कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अभियन्ता सुमिरा लामाले आश्रममा रहेका बालबालिकाहरुका लागि दराज आवश्यक रहेको बताइन् । संस्थाको आवश्यकतालाई मध्यनजर गरेर आदर्श सञ्चार सहकारीले दराज उपलब्ध गराएको उनले धन्यवाद ज्ञापन गरिन् ।

आदर्श सञ्चार संस्थाका महिला विकास उपसमितिका सदस्य दुर्गा खड्काले संस्थाले शेयर सदस्यको आर्थिक सामाजिक विकास लगायत समाजमा विभिन्न खालका रचनात्मक काम गर्दै आएको बताइन् ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, सचिव ललिता थापाको सञ्चालन र सहसचिव सरस्वती खड्का परियारको स्वागतमा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हुद आएका फरक फरक सोच र सन्देश सहितका कुनै पनि औपचारिक सभा समारोहहरु विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरसका कारण स्थगित भएका छन ।