१ कार्तिक २०८३, आइतबार

चीनमा क्वारेन्टाइन बनाइएको होटल भत्किँदा ६ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ फागुन ।    चीनमा क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको मृत्यु भएको छ । २८ जना सम्पर्कविहिन भएका छन् ।

३८ जनाको भने उद्धार गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । फुजियानको दक्षिणी प्रान्तको ग्वान्झावोमा रहेको पाँच तले होटल भत्किएको हो ।

यो होटलमा कोरोना सङ्क्रमितसँगको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राख्ने गरिएको थियो । अहिले पनि हराइरहेकाहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

भवन भत्कनुको कारण खुलेको छैन ।