
काठमाडौं, २५ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण इटालीका अहिलेसम्म २३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ सयबाट बढेर ५ हजार ८८३ पुगेको छ ।
मृत्यु हुनेको संख्या बढ्दै गएपछि करिब १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । अनिवार्य क्वारेन्टाइन आजबाट अप्रिल महिनाको शुरुसम्म रहनेछ ।
कोरोना संक्रमितको संख्या नाटकीय रुपमा बढेपछि नाइट क्लब, जिमखाना, स्वीमिङ पुल, संग्राहलय र स्की रिसोर्ट बन्द गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।
मानिसहरुलाई सकेसम्म घरभित्र बस्न भनिएको छ भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई तीन महिनाको जेल सजायँको समेत व्यवस्था गरिएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३५ सय पुगेको छ ।















प्रतिक्रिया