१ कार्तिक २०८३, आइतबार

काेराेनाबाट बच्न इटालीले एक करोड ६० लाख मानिसलाई लक डाउन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ फागुन । इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका स्वरुप एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण रुपमा ‘लक डाउन’ (बन्द गर्ने) भएको छ ।

लोम्बार्डी क्षेत्र र उत्तर तथा पूर्वका ११ प्रान्तलाई लक डाउन गर्ने तयारी इटालीले गरेको हो । ती क्षेत्रमा लागु हुने अनिवार्य क्वारेन्ताइन अप्रिलको सुरुमा सकिने छ ।

तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा लिने प्रयासमा रहेको इटालीले जिम, स्वीमिङ्ग पुल, संग्रहालय र स्की रिसोर्ट बन्द गर्ने भएको हो ।

चीन बाहिर कोरोनाका कारण खराब रुपले प्रभावित भएको इटालीमा नयाँ संक्रमण दर तीव्र रुपमा बढेको छ । इटालीमा शनिबार एकै दिन संक्रमितको संख्या चार हजार भन्दा बढीले थपिएका छन् ।

शनिबारसम्म इटालीमा संक्रमितको संख्या ५८ सय ८३ पुगेको छ । अघिल्लो दिनसम्म संक्रमितको संख्या १२ सय भन्दा केही बढी मात्रै थियो । यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या २३० नाघेको छ।