१ कार्तिक २०८३, आइतबार

विद्यार्थीद्धारा कोरोना सम्बन्धी सचेतना कार्यक्रम

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिलोत्तमा, २४ फागुन । सेण्टजोसेफ ईबो माविका विद्यार्थीहरुले करिब १६ किलोमिटर परिक्रमा गरेर विश्वमा महामारीको रुपमा देखिएको कोरोना भाईसर सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् ।

सेण्टजोसेफ स्टुडेण्ट क्लब र सेण्ट जोसेफ रेडक्रस सोसाईटीको आयोजनामा सेण्टजोसेफ स्टुडेण्ट क्लबका संयोजक सुमन दगामीको संयोजकत्वमा शिक्षकहरु भिम राना, छत्रदीप यादव सहयोगमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको विद्यालयका सह–प्रचार्य कमल पोखरेलले जानकारी गराए ।

पोखरेलका अनुसार उक्त सचेतना कार्यक्रम व्यानर सहित स्कुलबाट सुरुगरी भलवारी चोक हुँदै पत्थरडाँडा, मधवलिया, कोटिहवा, वभनी, सुपौली, टिकुलीगढ, बनकट्टी, खैरिया, करौजिया हुँदै पुन स्कुल सम्मको १६ किलोमिटर यात्रा गरेर गरिएको थियो ।

फैलिदो महामारीलाई रोक्नु हामी सबैको कर्तव्य हो भन्दै विद्यार्थीहरुले कोरोना भाईरस लाग्नुका कारण, देखिने लक्षण र रोकथामका लागि अपनाउनु पर्ने विधिको बारेमा लेखिएका पर्चाहरु बाँडेर स्थानियमा चेतनाको विकास गर्न भूमिका खेलेका थिए ।