पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा झापा ११ सशस्त्रप्रहरीको एपीएफ क्लबलाई स्तब्ध पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाका युवा खेलाडीले ए डिभिजनको विभागीय टिम एपीएफलाई स्तब्ध पारेको हो।
खेलको निर्धारित समयमा दुबै टोलीबाट कुनै पनि गोल भएन। अतिरिक्त समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा गएको थियो।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस