१ कार्तिक २०८३, आइतबार

काबुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३२ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन ।   अफगानिस्तानको राजधानी काबुलमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

आक्रमणमा ८१ जना घाइते भएका छन् । केही घाइतेको चिन्ताजनक अवस्थामा उपचार भइरहेकाले मृतक संख्यामा वृद्धि हुनसक्ने अफगान स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक कार्यक्रमस्थलमा आक्रमण भएको हो ।

कार्यक्रममा अफगानिस्तानका वरिष्ठ नेता अब्दुल्लाह अब्दुल्लाह पनि रहेका थिए । उनि भने सकुशल रहेका छन् । विद्रोही तालिवान र अमेरिकाबीचको शान्तिसम्झौतापछि अफगानिस्तानमा भएको योसबैभन्दा ठूलो आक्रमण हो ।

यद्यपि तालिवानले हमलामा आफ्नो संलग्नता नरहेकोविज्ञप्तिमार्फत जानकारी गराएको छ ।