६ कार्तिक २०८३, शुक्रबार

नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शन्चन, २४ फागुन । ओपोले आज आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ ।

सबै उत्पादनहरूमार्फत ओपोले आफ्नो फ्ल्यागशिप फाइभजी प्रतिको प्रतिबद्धता झल्काउन असंख्य अत्याधुनिक प्रविधिको समायोजन उपलब्ध गराएको छ ।

फाइभजी यूगको विभिन्न प्रयोग अवस्थामा उपभोक्तालाई सहजता प्रदान गर्दै सघाउने सोचका साथ ओपोले ओपो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको छ ।

सोही कार्यक्रम मार्फत कम्पनीले फाइभजी ब्यवसायिकिकरणमा अझ तिब्रता ल्याउँदै वैश्विक प्रयोगकर्तालाई अदृतिय फाइभजी अनुभव प्रदान गर्नका लागि “ओपो फाइभजी ल्याण्डिङ प्रोजेक्ट”मा ११ वैश्विक क्यारियर्सको सहभागिताको पनि घोषणा गरेको छ ।

ओपोका उपाध्यक्ष तथा ग्लोबल मार्केटिङका अध्यक्ष ब्रायन शिनले भने, “फाइन्ड एक्सटू सिरिजको सार्वजनिकले ओपोको हाई(एण्ड उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ ।