काठमाडौं, २४ फागुन । गत साता विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अभानोम घेव्रेससले कोरोनाभाईरस नियन्त्रणमा नेपालको प्रयासको सराहना गरे।
कोरानाभाईरसको नियन्त्रण गर्ने प्रयाशहरुले काम गर्छन् भन्ने चीन, सिंगापुर, भियतनाम र नेपालले देखाएका छन्, आफ्नो दैनिक प्रेश व्रिफिङका क्रममा उनले भने।
चीनको हुआनमा अध्ययनरत ३२ वर्षीय एक व्यक्रि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत जनवरी २३ तारिखमा भर्ना भएका थिए। उनीमा कोरोना भाईरसको संंक्रमण देखिएको थियो।
तर १० दिनको उपचार पछि उनी सकुशल घर फर्केका थिए। उनको उपचारमा संलग्न स्वास्थकर्मी सहित उनका नजिकका ५० जनालाई संक्रमणको आशंकामा पछि परिक्षण गरियो। तर कसैमा पनि भाईरसको लक्षण भेटिएन।
विश्व स्वास्थ संगठनका महानिर्देशक घेव्रेससले त्यही घटनालाई आधार मानेका थिए। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले कोरोना भाईरसका वारेमा अद्यावद्यिक सुचना दिने इन्टरनेट ड्यासवोर्डको स्थापना गरेको छ। यो वोर्डमा नेपालमा एक कोरोनाभाईरसको केश भेटिएको र पछि सन्चो भएको भनेर उल्लेख गरिएको छ।
‘आवश्यक संरचना र तयारी गर्न नसकेको भनेर आलोचना भैरहेको सन्र्दभमा विश्व स्वास्थ संगठनका महानिर्देशकले भनेझै हामीले संक्रमण नियन्त्रणका प्रयाशलाई अरु शसक्त पार्नुवाहेक अरु विकल्प छैन ‘ सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा वासुदेव पाण्डे भन्छन्।
हुआनवाट फर्केका ती युवा वाहेक कोरोनाका सक्रमणको कुनै केश नेपालमा पुष्टि भएको छैन। तर गत मार्च ३मा एक वेलायती दैनिक डेलीमेलले नेपाल भ्रमणवाट फर्केका एक स्पेनिश नागरिकको स्पेनको शहर भ्यालेन्सियामा मृत्यु भएको समाचार प्रकाशन गर्यो। कोरोनाका कारण मृत्य हुनेमा उनी स्पेनका पहिलो व्यक्ति भएको पनि समाचारमा उल्लेख गरिएकोछ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया