मुम्बई । बलिउड नायिका विद्या बालनले आफ्नो नयाँ प्रोजेक्ट सुरु गरेकी छिन् । विद्या बालनले फिल्म ‘शेरनी’ को काम सुरु भएको घोषणा गरेकी छन् ।
विश्व वन्यजन्तु दिवसको अवसर पारेर विद्याले फिल्मको छायांकन सुरु गरेकी हुन् ।
जंगलबीचको लोकेसनको तस्बिर पनि विद्याले आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेकी छन् ।
उनले तस्बिरको क्याप्सन लेखेकी छन्, ‘सबैको आशीर्वादको आवश्यकता छ। विश्व वन्यजन्तु दिवस पारेर शेरनीको सुटिङ सुरु गरिएको छ। हामीले जंगलको बीचमा एक प्राचीन मन्दिरमा फिल्मको मुहूर्त गरेका छौं ।’
यो फिल्ममा मानिस र जनावरबीच हुने टकराव देखाइनेछ । फिल्मको कथा अवनि नामक सिंह र उसको हत्याको वरिपरि घुम्नेछ ।
फिल्मको निर्देशन अमित मसुरकरले गर्दैछन् । विद्या फिल्म शेरनीका साथै शकुन्तला देवीको बायोपिकमा पनि काम गरिरहेकी छन् । शकुन्तला देवी एक गणितज्ञ थिइन् । उनको परिचय मानव कम्प्युटरको रूपमा थियो ।















प्रतिक्रिया