४ कार्तिक २०८३, बुधबार

कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । गृहमन्त्री रामबहादुर थापाले सीमा नाकामा कडाइसँगै निगरानी बढाउन निर्देशन दिएका छन्। कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति बैठकमा थापाले शुक्रबार यस्तो निर्देशन दिएका हुन्।

बैठकको अध्यक्षता गरेका थापाले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सीमाका बीओपीलाई सक्रिय बनाउन निर्देशन दिए। उनले नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बजारमा कालोबजारी हुन नदिन विशेष सक्रियता बढाउन निर्देशन दिएका थिए।

बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा समन्वय गर्ने, कोरोनाबाट प्रभावित हुन सक्ने सम्भावनासँगै लक्षणबाट सुरक्षित हुन अपनाउनुपर्ने सावधानीका लागि सचेतना जगाउने, प्रभाव न्यूनीकरण गर्न पूर्वतयारी स्थितिमा रहने, सीमा नाकामार्फत आवतजावत गर्नेमाथि सुरक्षाकर्मीले निगरानी बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा परीक्षण गर्न सहयोग गर्ने र जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण निर्णय गरेको थियो।

बैठकले दैनिक आवश्यक पर्ने अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने र महँगी तथा कालोबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि थिए । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ।