१ कार्तिक २०८३, आइतबार

दुबई, मलेशिया पठाईदिन्छु भन्दै १२ लाख ठग्ने एकजना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २३ फागुन । दुबई, मलेशिया पठाईदिने ११ लाख ४२ हजार २ सय रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको मिथिला विहारी न.पा. वडा नं. ५ घर भई हाल काठमाडौँ, गौशला बस्ने २४ वर्षीय राधे साहले वैदेशिक रोजगारको सिलसिलामा दुबई, मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भन्दै प्रलोभनमा पारी ९ जनाबाट उक्त रकम लिई सम्पर्क विहीन भएको थिए ।

ठगी गरेको भन्दै दर्पनारायण चौधरी सहतिले अपराध महाशाखामा फागुन १३ गते जाहेरी दिएका थिए ।

महाशखाको टोलीद्धारा उनलाई काठमाडौँ पिङ्लास्थानमा फेला पारी पक्राउ गरेर शुक्रबार महानगरीय प्रहरी परिसर काठमाण्डौँ टेकुमा आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाले जनाएको छ ।