१ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९४ औँ शाखा डोल्पाको जुफालमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २२ गतेबाट डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको बैंकका प्रवक्ता उमंग शर्माले जनाएका छन् ।

नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो ।

नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको कुरा बैंकले जानकारी प्रदान गरेको छ ।

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना,घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ ।संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको यस बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ८ तथा सुदुरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयहरुबाट ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहक वर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ।

यस बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।