
काठमाडौं, २३ फागुन । कारोना भाइरसका कारण अमेरिकमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमा ११ जना वासिङ्टन राज्यका छन् ।
विभिन्न १६ राज्यमा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित संख्यामा वृद्धि हुन थालेपछि ह्वाइटहाउसले देशैभर कोभिड–१९ को परीक्षण विस्तार गर्ने घोषणा गरेको छ ।
संक्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भनेर यसअघि वासिङ्टन र फ्लोरिडाले पनि आपत्काल घोषणा गरेका थिए ।
कोरोनाको त्रास फैलिएसँगै अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । कोभिड-१९ को प्रकोपको डरले अमेरिकाले विदेशी नागरिकको प्रवेशमा निकै कडाइ गरेको छ ।















प्रतिक्रिया