६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंकद्वारा भोजपुरको श्री बिद्योदय माविलाई सहयोग प्रदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठाडौं, २३ फागुन । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत भौतिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो । विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरू उपलब्ध गराएको छ ।

विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरूलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ ।

विद्यार्थीको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकाश हुन सकेमा मात्रै उनीहरू पूर्ण मानव बन्न सक्छन भन्ने कुरालाई शिरोधार्य गर्दै विद्यालयले आफूलाई शैक्षिक तथा भौतिक रूपमा सबल बनाउन विभिन्न काम गर्दै आएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली र सम्बृद्ध नेपालको अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।