४ कार्तिक २०८३, बुधबार

‘एक्लै छु म’मा अञ्जु पन्तको स्वर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देवेन्द्र पाण्डेद्वारा निर्देशन गरिएको ‘एक्लै छु म…’को म्युजिक भिडियो रिलिज भएको छ ।

वर्षा राउत र रामबाबुको अभिनय रहेको ‘एक्लै छु म…’मा स्वर अञ्जु पन्तले दिएकी छिन् । गीतको संगीत र शब्द प्रशान्त पौडेलका हुन् ।

गीतका शब्दहरूअनुसार म्युजिक भिडियोको कन्सेप्ट बनाइएको निर्देशक पाण्डेले बताए । ‘गीतको संगीत, शब्द र स्वरको मीठासअनुसारको काम गर्नुपर्ने दवावमा म आफै थिएँ’, निर्देशक पाण्डेले भने, ‘कलाकार र शुटिङ युटिनका साथीहरू सबैले मैले सोँचेअनुसारको काम गर्नुभयो ।’

म्युजिक भिडियोका मोडल राम बाबुले गीतमा लय र कन्सेप्टअनुसार आफूले अभिनय गरेको बताए । उनले भने, ‘आफ्नो जीवन साथीलाई छाडेर बाहिर जाँदाको पीडालाई म्युजिक भिडियोमा कथावस्तु उतारिएको छ ।’

म्युजिक भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ ।