
रौतहट, २२ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरको मुख्य चौकदेखि गौर रोडमा समेत ट्राफिक व्यवस्थापनको कमजोरीका कारण अस्तव्यस्त बनेको छ ।
यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको छ नै नगरवासीमा समेत हिनताबोध हुन थालेको स्थानिय बताउछन् । चन्द्रनिगाहपुरको मुख्य चौक पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पार्किङको अभावले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।
चन्द्रनिगाहपुरको मूख्य सडकदेखि बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङका कारण कुरुप देखिन थालेको छ । सडकपेटीमा निर्माण सामग्री राख्नाले पनि ट्राफिक व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिएको छ ।
सडक छेउ अहिले सवारीसाधन पार्किङ स्थल र फुटपाथ व्यवसाय गर्ने थलो नै बनेको छ । यसैबीच, खुल्ला चौपायका कारण सडक अस्तव्यस्त हुने गरेको छ । जसले गर्दा दुर्घटनाका सम्भावनालाई पनि बढाएको छ ।














प्रतिक्रिया