६ कार्तिक २०८३, शुक्रबार

बिहिबार सुनको मूल्य अहिलेसम्मकै महँगो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन ।   नेपाली बजारमा बिहिबार सुनको भाउले फेरि नयाँ किर्तिमान बनाएको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा बिहीबार पनि तोलाको २०० रूपैयाँ बढेको हो ।

नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ८० हजरा ४ सय र चाँदी प्रति तोला ८ सय ८० मा कारोबार भइरहेको छ ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला २२ सय रुपैँयाले बढेर सुनको मूल्य ८० हजार ५ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य भने यथावत रहेको छ ।