१३ कार्तिक २०८३, शुक्रबार

मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए तुरुन्त फोन गरिहाल्नुस्

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन ।   सरकारले कसैले पनि मास्क लुकाएको वा महँगोमा बेचिएको थाहा पाएमा ११३७ नम्बरका खबर गर्न आग्रह गरेकोे छ ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

मास्क महँगोमा बेचेको मूल्य बढाएर बेचेको पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने विभागले जनाएको छ ।

यसअघि मास्क लुकाएको पाइएपछि क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ, महँगोमा बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँचरपाँच हजारका दरले जरिबाना तिराएको विभागले जनाएको छ ।