
काठमाडौं, २२ फागुन । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले ८० भन्दा धेरै देशमा फैलिसकेको छ । कोरोनाको प्रकोपले इटालीमा पनि महामारीको रुप लिएको छ ।
इटालीमा अहिलेसम्म संक्रमणबाट १०७ जनाको मृत्यु भएको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको हो । इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ ।
इटालीमा यसको महामारी फैलिएपछि विद्यालयसमेत गरिएको छ । ठूला सभा समारोह नगर्न र खेल प्रतियोगिता दर्शकबिना खेलाइने छन् । बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ।
संक्रमितको संख्या ८० हजार ४ सय ३० पुगेको छ ।















प्रतिक्रिया