१ कार्तिक २०८३, आइतबार

कोरोना त्रास : विश्व बैंकले १२ अर्ब डलर सहयोग गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन ।  चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस कोभिडा १९ रोकथामका लागि विश्व बैँकले १२ अर्ब डलर सहयोग गर्ने भएको छ ।

यो आपत्कालीन सहयोग विकासशील राष्ट्रका लागि फास्ट ट्रयाकबाट उपलब्ध गराइने बैंकले जनाएको छ। घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुझ्न खर्च गरिनेछ।

फास्ट ट्रयाक प्याकेज अन्तर्गत विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ।