४ कार्तिक २०८३, बुधबार

कांग्रेसमा फेरि विवाद : पौडेल समूहले गरे बैठक बहिष्कार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्‍यो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे।

पार्टी सभापति एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल समूह थप चिढियो। शीर्ष नेताहरुबीच माघ १० गते महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जनलगायत भ्रातृसंस्थामा भागबण्डा गर्ने विषयमा सहमति भएपछि कांग्रेसभित्रको विवाद मत्थर भएको थियो। तर डेढ महिना नपुग्दै कांग्रेसभित्र फेरि पुरानै विवाद बल्झिएको छ।

सभापति देउवाले कार्यकालको अन्तिममा केन्द्रीय विभाग गठन, केन्द्रीय सदस्य मनोनीत गर्नुका साथै पार्टीका सांगठनिक संरचना गठन तथा विस्तार गर्न थालेपछि पौडेल पक्ष फेरि रुष्ट बनेको हो। आफूहरुको असहमतिका बीच सभापति देउवाले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठन र केन्द्रीय सदस्य मनोनीत गरेको आरोप पौडेल समूहको छ। पौडेल समूहले महाधिवेशनबाहेकका विषयमा सभापति देउवाले बोलाएको केन्द्रीय समिति र अन्यय कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ।

उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बोलाएको जिल्ला प्रशिक्षण शाखाका प्रमुख (उपसभापति) बैठक पौडेल समूहले बहिष्कार गरेको हो। प्रशिक्षण शाखाको जिल्ला प्रमुख पार्टी जिल्ला उपसभापति हुने कांग्रेस विधानमा प्रावधान छ। पौडेल समूहको बुधबार बिहान बसेको बैठकले प्रतिष्ठानका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।